Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबाहुबली सिमेन्टद्वारा सेनिटाइजर र मास्क वितरण

बाहुबली सिमेन्टद्वारा सेनिटाइजर र मास्क वितरण


काठमाडौं, चैत १०
कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि बाहुबली सिमेन्टले सेनिटाइजर र मास्क वितरण गरेको छ । बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिले एभरेस्ट प्यारेन्टरल्स प्रालिको सहकार्यमा सेनिटाइजर र मास्क वितरण गरेको हो । हाल काठमाडौं उपत्यकामा वितरण गरिए पनि यो अभियानलाई देशैभर फैलाउने कम्पनीले जनाएको छ । कोरोनाभाइरस (कोभिड १९) संक्रमण हुनबाट जोगिन विश्वभर नाक, मुख मास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको छ । कोरोना भाइरस व्यक्तिदेखि व्यक्तिमा सर्ने अधिकतर जोखिमयुक्त भएको अध्ययनहरुले देखाएका छन् ।

हाल नेपालमा पनि यो भाइरसको रोकथामको प्रयास भइरहेका छन्, जसको लागि नेपाल सरकार तथा नागरिकहरु एवं जिम्मेवार निकायहरुले प्रयास गरिरहेका छन् । यसै सन्दर्भमा कम्पनीले पनि कोरोना भाइरस फैलिन नदिन आम नागरिकहरुलाई हातधुन सेनिटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको जनाएको छ । उक्त वितरण कार्य काठमाडौं उपत्यकाभित्रका धेरै भीडभाड हुने विभिन्न स्थानहरुमा गरिएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया