Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमोरङ व्यापार संघले बाँड्यो सेनिटाइजर

मोरङ व्यापार संघले बाँड्यो सेनिटाइजर


काठमाडौं, चैत १०
कोरोनाभाइरसको संक्रमण महामारीको रुपमा विश्वव्यापी फैलिरहेको अवस्थामा मोरङ जिल्लाका विभिन्न स्थानहरुमा त्यसको रोक थाम र नियन्त्रण कार्यमा सहयोग पु-याउने उद्देश्यले मोरंग व्यापार संघले सेनिटाइजर वितरण गरेको छ । संघले मोरङभरिका नौवटा शाखाहरु र प्रदेश तथा जिल्लास्तरीय पत्रकार महासंघहरुलाई आ–आफ्नो स्थानबाट वितरण गर्न एक लाख १० हजार रुपैयाँबराबरको सेनिटाइजर सहयोगस्वरुप उपलब्ध गराएको हो ।

संघका अध्यक्ष प्रकाश मुन्दडाले मोरङ जिल्लाभरका आफ्ना शाखाहरु रंगेली उद्योग वाणिज्य संघ, सुन्दर हरैंचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटांग उद्योग वाणिज्य संघ, बेलवारी उद्योग वाणिज्य संघ, उर्लावारी उद्योग वाणिज्य संघ, मिक्लाजुंग व्यापार प्रबन्ध समिति, इटहरा उद्योग वाणिज्य संघ र केरावारी व्यापार प्रबन्ध समितिका अध्यक्षहरु एवं प्रतिनिधिहरु मार्फत उक्त सेनिटाइजर वितरण गरेका हुन् । संघले सर्वसाधारणलाई आफ्नो भवनअगाडि साबुनपानीको व्यवस्था समेत गर्ने भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x