Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग१६औँ दरबारमार्ग सडक महोत्सव वैशाख २ गते

१६औँ दरबारमार्ग सडक महोत्सव वैशाख २ गते


काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते शनिबार काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्ट्स पर्पल स्याटर्डे : १६औँ दरवारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) ले एनसेलसँगको विशेष सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना हुनलागेको हो ।

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि यो महोत्सव गरिएको आयोजकले जनाएको छ । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ । काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवद्र्धन एवं संरक्षणमा समेत यो महोत्सव सहयोगी हुनेछ ।

साथै काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुभारम्भ शनिबार विहान ११ः३० बजे हुनेछ । गीतसंगीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु र महोत्सव आयोजना हुने क्षेत्रमा विविध रमाइला गतिविधिहरुसहित यो महोत्सव सो दिन बेलुका ८ः३० बजेसम्म आयोजना गरिनेछ ।

महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगीतिक समूहहरुको प्रस्तुति हुनेछन् । कलाकारहरु दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेलो बत्तिमुनि, त्रिशला गुरुङ, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्ट्स आदिले आ–आफ्ना प्रस्तुति राख्नेछन् । महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका उत्पादन पनि प्रदर्शनीमा रहनेछन् ।

विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विशेष प्रदर्शन/प्रस्तुतिका स्टलहरु, बालबालिकाका लागि छुट्टै किड्स जोन महोत्सवको विशेष आकर्षणहरु हुनेछन् । यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि हुनेछ । दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकबाट उत्तरतर्फ नारायणहिटी संग्रहालयको गेट अगाडिसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सह–प्रायोजकमा काल्र्सबर्ग, बेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एन्डिज आइसक्रिम र केएफसी रहेका छन् । पछिल्लो पटक देखिएको तरलता संकटलगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चाँडोभन्दा चाँडो पुनरुत्थान, नवउत्थानमा लैजान सकिन्छ भनी निरन्तर काम भइरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको छ ।

 

 

 

 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया