Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपरिसंघद्वारा कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रणमा सहयोग

परिसंघद्वारा कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रणमा सहयोग


काठमाण्डौं,चैत १६
नेपाल उद्योग परिसंघ (सीएनआई)ले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यलाई पुनः निरन्तरता दिएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरण (पीपीई) एक सय थान तथा ७५ हजार थान मास्कहरु हस्तान्तरण गरेका हुुन् । हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराइएको र निकट भविष्यमै विदेशबाट सामान आयात गरी थप आवश्यक सामग्रीहरु समेत उपलब्ध गराउने उनले जानकारी गराए  ।

अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन सबैमा अपिल समेत गरे । हस्तान्तरणका अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु राजेश अग्रवाल, सुलभ अग्रवाल समेत सहभागिता रहेको थियो । स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने निजी सुरक्षा उपकरणहरु मित्रराष्ट्रहरुमा संकलन गरी आयातको व्यवस्था मिलाइरहेको तथा मास्क नेपालमै उत्पादन भइरहेको परिसंघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x