Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोरोनाबारे जानकारी दिने सरकारी वेबपोर्टल एप्लिकेसन

कोरोनाबारे जानकारी दिने सरकारी वेबपोर्टल एप्लिकेसन


काठमाण्डौं,चैत १६

सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको कामलाई व्यवस्थित गर्न शनिबारदेखि डाँफे हेल्थ डट कम सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसका बारेमा सही जानकारी तथा सूचनाहरु उपलब्ध गराउनका लागि नयाँ वेब पोर्टल एप्लिकेसन सञ्चालनमा ल्याउन लागेको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । स्वास्थ्य मन्त्रालयका सल्लाहाकार डा. खेम बहादुर कार्कीले शनिबारदेखि डाँफे हेल्थ डटकम सञ्चालनमा आएको बताए । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सूचना र ज्ञान सीप आदानप्रदान गर्नका लागि डेडिकेटेड वेब पोर्टल तयार पारिसकेका छौँ । शनिबारदेखि यो लर्निङ पोर्टल पूर्ण रुपमा सञ्चालनमा आउँछ ।’ डाँफे हेल्थ डटकमबाट डाक्टर, स्वास्थ्यकर्मी तथा स्वास्थ्यक्षेत्रमा आबद्ध धेरै व्यक्तिहरुको कोभिड १९ का बारेमा उत्पन्न जिज्ञासा तथा समस्या समाधानका लागि प्रभावकारी हुने अपेक्षा गरिएको उनले पत्रकार सम्मेलनमा बताए ।

‘विश्व स्वास्थ्य संगठनले जसरी कोभिडको विषयमा जानकारीहरु ल्याइरहेको छ । यसैगरी सरकारले यस वेबसाइटमार्फत कोभिड १९ नियन्त्रणका लागि सरोकारवाला व्यक्तिहरुको ज्ञान र सीप आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ’, उनले भने । आइ मार्क डिजिटलसँगको सहकार्यमा सञ्चालनमा ल्याइएको लर्निङ पोर्टलमार्फत सरकारले डक्टर तथा हेल्थ वर्कर्सहरुलाई अनलाइन ट्रेनिङको व्यवस्था समेत गर्ने जनाएको छ ।डाँफे हेल्थ डकटकम लगइन गरेपछि कोभिड १९ मा क्लिक गरेर डाइरेक्ट लगइनमा क्लिक गरी युजर आईडी तथा पासवर्डविना लगइन गर्न सकिने आईमार्क डिजिटलका अध्यक्ष रामप्रसाद ढुङ्गानाले बताए । उनका अनुसार लर्निङ पोर्टलबाट सर्वसाधारणका साथै स्वाथ्यर्कीहरुले पाउने सूचना तथा जानकारीहरु प्रमाणित सूचना मात्र हुने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x