Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिवम् सिमेन्ट्सद्वारा खाद्यान्न र आर्थिक सहयोग

शिवम् सिमेन्ट्सद्वारा खाद्यान्न र आर्थिक सहयोग


काठमाण्डौं,चैत २४

अन्तर्राष्ट्रियजगत्लाई नै आक्रान्त बनाइरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को महामारीको अवस्थामा शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनको लागि १० वडा आइसोलेसन बेड बनाउन आर्थिक सहयोग गरेको छ ।शिवम् सिमेन्ट लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै मकवानपुरस्थित उद्योग परिसर वरिपरि रहेका हेटौंडा उप–महानगरपालिकाका वडा नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरुसँगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको हो । यसका साथै मकवानपुर गढी गाउँपालिकामा आइसोलेसन बेडसहितको १० बेडको क्वारेन्टाइन बनाउन समेत आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ । केही दिनदेखि देशमा जारी लकडाउनका कारण सबै नेपालीको दैनिक जीवन नराम्ररी प्रभावित बनाएको छ ।

कोभिड १९ को संक्रमण फैलिने क्रमलाई नियन्त्रण गर्न लकडाउन मात्र एक उपाय भएकोले यो अझ लम्बिन सक्ने सम्भावना देखिएको छ । यस लकडाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पीडित हुने र दैनिक हातमुख जोड्न नै कठिन हुने अवस्था सिर्जना भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनी खाद्यान्न वितरण गरिएको कम्पनीले जनाएको छ । साथै आगामी दिनहरुमा समेत स्थानीय तहसँगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x