भेन्चर वेस्ट टु इनर्जीलाई अवार्ड
काठमाडौं । संयुक्त राष्ट्र आर्थिक आयोग (यूएनईसीई)ले भेन्चर वेस्ट टु इनर्जीलाई सार्वजनिक–निजी साझेदारी र इन्फ्रास्ट्रक्चर अवार्ड प्रदान गरेको छ । युरोपको संयुक्त राष्ट्र आर्थिक आयोगले नेपाललाई उत्कृष्ट ५ सार्वजनिक–निजी साझेदारी र पूर्वाधार परियोजनाहरूमध्ये एकको लागि सम्मान गरेको थियो । जसमा धरान उपमहानगरपालिकाको घरायसी ठोस फोहोरबाट ऊर्जा उत्पादन गरेको आधारमा भेन्चर वेस्ट टु इनर्जीलाई सो अवार्ड प्रदान गरेको हो । यसमा नेपालले तेस्रो स्थान हासिल गरेको छ ।
भेन्चर वेस्ट टु इनर्जीले ५० मेट्रिक टन अविभाजित फोहोरबाट ऊर्जा उत्पादन गरेको थियो । नेपालको धेरै फोहोरमा बायोडिग्रेडेबल अर्गानिक फोहोर हुने भएकाले भेन्चर वेस्ट टु इनर्जीले दैनिक ३० मेट्रिक टन बायोडिग्रेडेबल फोहोरलाई पूर्ण क्षमतामा प्रशोधन गर्ने गरेको छ । संस्थाले एनारोबिक डाइजेसन टेक्नोलोजीको प्रयोग गरी बायो कम्प्रेस्ड नेचुरल ग्यास ऊर्जाको नवीकरणीय स्रोतको रूपमा उत्पादन गरी धरानमा टेम्पोहरू चलाउँदै आएको छ । सोही फोहोरबाट जैविक मलको पनि उत्पादन गरिन्छ ।
विश्वका पाँच सयभन्दा बढी सार्वजनिक–निजी साझेदारी परियोजनाहरूमध्ये शीर्ष ५ फाइनलिस्टको रूपमा चयन गरिएको थियो । नेपाल पहिलो पटक संयुक्त राष्ट्र आर्थिक आयोग सार्वजनिक–निजी साझेदारी र पूर्वाधार अवार्ड २०२३ मा सहभागी भएको थियो । भेन्चर वेस्ट टु इनर्जी टोलीले सातौं अन्तर्राष्ट्रिय सार्वजनिक–निजी साझेदारी फोरममा परियोजना प्रस्तुत गरेर नेपालको प्रतिनिधित्व गरेको थियो । यस परियोजनाले सर्कुलर इकोनोमी, हरितगृह ग्यास उत्सर्जन घटाउने, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, फोहोर घटाउने, नवीकरणीय ऊर्जाको प्रयोग र कार्बन तटस्थतामा योगदान पु¥याएकोले यो सम्मान गरिएको आयोजकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नयाँ कानुन अनुसार नागरिकता वितरण ‘तत्काल कार्यान्वयन नगर्न’ सर्वोच्च अदालतको आदेश
- ओडिशा रेल दुर्घटनामा नेपाली नागरिक परे-नपरेको बुझ्ने काम जारी: नेपाली दूतावास
- गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- समसामयिक राजनीतिक व्यङ्ग्य
- विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
- दश प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
- राष्ट्रिय योजना आयोगले पायो पूर्णता
- पाकिस्तानको मुद्रास्फीति दरमा नयाँ रेकर्ड
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया