Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकोभिड–१९ विरुद्ध सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आफ्ना कर्मचारीहरूको बीमा

कोभिड–१९ विरुद्ध सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आफ्ना कर्मचारीहरूको बीमा


काठमाडौं, वैशाख १६
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोन, कोभिड–१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई एक लाख रूपैयाँको बीमालेख प्रदान गरेको छ । अप्ठ्यारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई यो सुविधा उपलब्ध गरेको हो । उक्त बीमालेख कम्पनीले आफूसँग आबद्ध कर्मचारीहरूको लागि भनेर निर्जीवन बीमा कम्पनी, शिखर इन्स्योरेन्सबाट सामूहिक बीमा पोलिसी खरिद गरेको हो ।

बीमा समितिद्वारा कोरोनाभाइरस (कोभिड–१९)बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमलेख जारी भएपछि सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने विषयमा निर्णय गरेको हो । कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिनेबित्तिकै बीमा रकम दाबी भुक्तानी लिन पाइनेछ । यस बीमा लेखले कर्मचारीहरूलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । सिटिजन लाइफ सदैव आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडरहरूको सेवा र क्षमता वृद्धि विकाससा अग्रणी भूमिकामा रहँदै आएको छ । यसको साथै कम्पनीले ग्राहकलाई बीमा शुल्क भुक्तानीमा अझ सहज हुनेगरी डिजिटल प्रविधि फोन–पेमार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।

हाल चुक्ता पुँजी एक अर्ब ७५ करोड रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिम्ममा १० करोड तीन लाख ४२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधि भने कम्पनीको यस्तो नाफा सात करोड एक लाख ७६ हजार रूपैयाँ रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x