Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु–पेमार्फत घरबाट नै कोरोना बीमा भुक्तानी गर्न सकिने

प्रभु–पेमार्फत घरबाट नै कोरोना बीमा भुक्तानी गर्न सकिने


काठमाडौं, वैशाख १६
प्रभु–पेमार्फत घरबाट नै कोरोना बीमालेखको भुुक्तानी गर्न सकिने भएको छ । डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी प्रभु–पेमार्फत अब घरबाटै कोराना भाइरस (कोभिड १९) बीमा गर्न सकिने भएको हो । कम्पनीले हाल भइरहेको लकडाउनको परिस्थितिलाई मध्यनजर गर्दै यो सुविधा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । कम्पनीका अनुसार यसबाट बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु–पेको वालेट मोबाइलमा डाउनलोड गरेर कोरोना बीमा गराउन सक्नेछन् । उनीहरूले तीन सय रूपैयाँबाट सुरु हुने कोरोना भाइरस बीमालेख खरिद गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । साथै, सम्भावित संक्रमणबाट ५० हजार वा एक लाख रूपैयाँसम्मको आर्थिक सुरक्षा पाउने जानकारी पनि कम्पनीले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x