प्रभु क्यापिटलका हितग्राही खातालाई टोटल फिजिकल फिटनेसमा छुट
काठमाडौं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरूले शारीरिक व्यायामको लागि टोटल फिजिकल फिटनेस सेन्टरमा छुट पाउने भएका छन् । उक्त फिटनेससँग क्यापिटलले यही साउन ३१ गते सोसम्बन्धी सम्झौता गरेपछि हितग्राहीले यस्तो छुट पाउने भएका हुन् ।
सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र फिटनेसका तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन् । क्यापिटलका ग्राहकहरूले फिटनेस सेन्टरमा सेवा लिँदा २८ प्रतिशतसम्म छुट पाउनका साथै निःशुल्क साउना कुपन पाउने बताइएको छ । यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारीसहित हितग्राही खाता नम्बर उक्त फिटनेस सेन्टरलाई उपलब्ध गराउनुपर्नेछ यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट पाँच वर्षसम्म लिन सक्नेछन् ।
काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको टोटल फिजिकल फिटनेस सेन्टर अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्नस र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एन्ड टोन, कार्डियो, जुम्बा, योग र जिमजस्ता विभिन्न उपकरणहरू रहेका छन् र उक्त फिटनेस सेन्टरमा भर्ना भएपश्चात् सुरुमा सात दिनको प्रशिक्षण कार्यक्रम सञ्चालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायामहरू गर्न पाइने छ । खानपानमा समेत ध्यान दिँदै फिटनेस सेन्टरमा डायटिसिएनको पनि व्यवस्था रहेको क्यापिटलले जनाएको छ । हाल प्रभु क्यापिटलले दुई लाख ३० हजारमाथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
- बीआरआई कार्यान्वयनको प्रतिबद्धतापछि मात्र पूर्वाधारमा सहयोग गर्ने चिनियाँ आश्वासन
- ‘खबरमा छु प्रिय’ विमोचन
- आन्दोलनरत डाक्टरहरु र सरकारबीच सहमति
- नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ ?
- अबदेखि होर्डिङ बोर्डमा विदेशी कलाकार देखिन नहुने
- शिक्षकका समस्या हल हुने गरी विधेयक पारित गर्नुपर्छ : सभापति देउवा
- योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव नियुक्त
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया