Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु क्यापिटलका ग्राहकलाई गुहेश्वरी डेन्टलमा छुट

प्रभु क्यापिटलका ग्राहकलाई गुहेश्वरी डेन्टलमा छुट


काठमाडौं । प्रभु क्यापिटलका ग्राहकलाई गुहेश्वरी डेन्टलमा छुट सुविधा मिल्ने भएको छ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकको डेन्टलसम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि गुहेश्वरी डेन्टल एण्ड इम्प्लान्ट हव प्रालिसँग सम्झौता भएको छ । यही भदौ एक गते भएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र गुह्ेश्वरी डेन्टल मल्टिसियालिटी एण्ड इम्प्लान्ट हव प्रालिका तर्फबाट सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन् ।

क्यापिटलका ग्राहकहरूले गुहेश्वरी डेन्टल मल्टिसियालिटी एण्ड इम्प्लान्ट हव प्रालि सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्छन् । यो योजनाबाट लाभ लिन हितग्राहीहरूले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारीसहित हितग्राही खाता नम्बर उक्त डेन्टललाई उपलब्ध गराउनु पर्ने बताइएको छ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट एक वर्षसम्म लिन सक्नेछन् ।

ललितपुरको पुल्चोकमा रहेको गुहेश्वरी डेन्टल अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस डेन्टलबाट ग्राहकहरूले डेन्टल चेकअप, डेन्टल फिलिङ, तिथ ब्लिचिङ, डेन्टल एक्सट्राक्सन, तथा अन्य सेवा लिन सकिने क्यापिटलले जनाएको छ । प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्छ । हाल प्रभु क्यापिटलले दुई लाख ३० हजारमाथिका हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया