Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतिनाउ मिसन डेभलपमेन्ट बैंकको नाफामा उच्च वृद्धि

तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाफामा उच्च वृद्धि


काठमाडौं, वैशाख १९
तिनाउ मिसन डेभलपमेन्ट बैंकको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा १० करोड ४६ लाख ८६ हजार छ सय पाँच रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने पाँच करोड ३१ लाख ५४ हजार दुुई सय ४५ रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा चार करोड सात लाख ४८ हजार २४ रूपैयाँ रहेको थियो ।

चुक्ता पुँजी एक अर्ब ६७ करोड ५८ लाख २७ हजार २६ रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा १४ अर्ब १७ करोड ६१ लाख ६३ हजार सात सय ६३ रूपैयाँ निक्षेप संकलन गरी १२ अर्ब ३१ करोड २७ लाख ५८ हजार तीन सय ९२ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३३ करोड २१ लाख ४३ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले पाँच अर्ब १७ करोड ३८ लाख दुुई हजार चार सय ९५ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३३ करोड ७३ लाख ६१ हजार पाँच सय एक रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ६० लाख ७८ हजार आठ सय ६० रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा शून्य दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया