हाथवे इन्भेस्टमेन्टको साधारण सेयरको बिक्री खुला
काठमाडौं । हाथवे इन्भेस्टमेन्ट लिमिटेडले साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीको भदौ २१ गते बिहीबाट ५० रुपैयाँ अंकित मूल्य कायम रहने गरी १२ करोड १३ लाख ८७ हजार पाँच सय रुपैयाँ बराबरको २४ लाख २७ हजार सात सय ५० कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई अंकित मूल्य ५० रुपैयाँ कायम रहने गरी जारी पँुँजी एक अर्ब १७ करोड रुपैयाँको १२ दशमलव ५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति दिएको थियो । सोहीअनुसार कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली नागरिकको लागि साधारण सेयर बिक्री गरी बाँकी रहेको सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।
पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई एक करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख ९२ हजार पाँच सय कित्ता सेयर बिक्री गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य यही भदौ २१ गतेबाट सुरु भई छिटोमा भदौ २५ गतेसम्म र ढिलोमा असोज चार गतेसम्म कायम रहने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने बताइएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया