Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालन

नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर सञ्चालन


काठमाडौं । नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनका लागि सेवा प्रदायकसँग सम्झौता गरेको छ । आफ्ना ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले ग्राहकका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्नको लागि यो सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

सम्झौतासम्बन्धी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौताप्रति खुसी व्यक्त गर्दै यो कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउने विश्वास व्यक्त गरे । ‘यसले ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्छ,’ उनले भने । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय २८ वटा शाखाहरू, दुई सय चारवटा एटीएमका साथै ५७ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकलाई डिजिटल वित्तीय सेवा पु-याउँदै आएको बैंकले जनाएको छ । बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक बैंकिङ प्रविधिमार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

ताजा अपडेट