एनबीएको संयोजनमा दीर्घकालीन वित्तीय लगानीसम्बन्धी गोष्ठी
काठमाडौं । नेपाल बैंकर्स संघको संयोजनमा दीर्घकालीन वित्तीय लगानीसम्बन्धी गोष्ठी सम्पन्न भएको छ । नेपाल बैंकर्स संघ र इन्भेस्ट फर इन्प्याक्ट नेपालद्वारा संयुक्तरूपमा दीर्घकालीन वित्तीय लगानीसम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
नेपालको वित्तीय क्षेत्रलाई दीर्घकालीन वित्तीय लगानी उन्मुख बनाउन, यसको वर्तमान अवस्थाको मूल्याङ्कन तथा यससँग सम्बन्धित विषयलाई समाधान गर्दै कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयका साथै ईसीजी सर्टिफिकेसन कोर्षको शुभकामनाका बारेमा कार्यक्रम केन्द्रित थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वर्तमान परिवेशमा दीर्घकालीन वित्तीय लगानीको सान्दर्भिकता र यसको महत्वमाथि प्रकाश पार्दै यसबाट बैंक तथा वित्तीय संस्था मात्र नभई हरेक सरोकारवालाहरू दीर्घकालीनरूपमा लाभान्वित हुने बताए । उनले दीर्घकालीन वित्तीय लगानीका बारेमा नेपाल बैंकर्स संघको दीर्घकालीन लक्ष्यको बारेमा पनि उल्लेख गरे ।
कार्यक्रमको अवसरमा वातावरण व्यवस्थापन केन्द्र (ईमसी इन्डिया)का प्रबन्ध निर्देशक डा प्रसाद मोदकले नेपालको बैंकहरूमा ईसीजी कार्यान्वयनको वर्तमान अवस्था, प्राप्त उपलब्धिहरू र यसमा सुधार गर्नुपर्ने पक्षहरूलाई समेटेर नेपाल बैंकर्स संघ र आईआईएनको सहयोगमा गरिएको ईसीजी बेन्चमार्कको सारांश प्रतिवेदन प्रस्तुत गरे । त्यसैगरी कार्यक्रममा दीर्घकालीन वित्तीय लगानीसँग सम्बन्धित विविध पक्षलाई समेट्दै यसको अन्तर्राष्ट्रिय अभ्यासको बारे बार्सिलोना स्कुल अफ म्यानेजमेन्टका प्राडामार्कोस इगुइगुरेनले आफ्नो प्रस्तुति दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए, उनको ‘लामो अनुपस्थिति’लाई लिएर उठे यस्ता प्रश्न ?
- फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद
- अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री डा महतको आग्रह
- चीनबाट अपेक्षाकृत लाभ लिन नेपाल चुक्यो स् प्रदेश प्रमुख शेरचन
- घोराही–तुलसीपुर चार लेन मर्मत हुँदै
- नेपाल दलित सङ्घको अध्यक्षमा विश्वकर्मा
- एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा
- मनसुन बाहिरिन अझै केही दिन लाग्ने
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया