Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविकास बैंकहरुको चुक्ता पुँजी ४० अर्ब २० करोड

विकास बैंकहरुको चुक्ता पुँजी ४० अर्ब २० करोड


काठमाडौं । विकास बैंकहरुको कुल चुक्ता पुँजी ४० अर्ब २० करोड ७० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका १७ वटा विकास बैंकले गत कात्तिक मसान्तसम्म सो परिमाणमा चुक्ता पुँजी कायम गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा सबै विकास बैंकहरुको चुक्ता पुँजी ३७ अर्ब नौ करोड १० लाख रुपैयाँ थियो ।

सबैभन्दा बढी चुक्ता पुँजी मुक्तिनाथ विकास बैंकको छ । मुक्तिनाथले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म छ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । गरिमा विकास बैंक चुक्ता पुँजी धेरै हुने विकास बैंकमा दोस्रो स्थानमा छ । गरिमाको चुक्ता पुँजी पाँच अर्ब १८ करोड ७६ लाख रुपैयाँ कायम छ । यसैगरी, ज्योति विकास बैंकले पनि चार अर्ब ३९ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले चार अर्ब २८ करोड ३८ लाख रुपैयाँ, महालक्ष्मी विकास बंैकले चार अर्ब १७ अर्ब १३ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले तीन अर्ब ३८ करोड २८ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यस्तै, कामना सेवा विकास बैंकले तीन अर्ब २८ करोड ११ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले तीन अर्ब २६ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यी सबै विकास बैंक राष्ट्रियस्तरका हुन् ।

क्षेत्रीयस्तरको एक्सेल डेभलपमेन्ट बैंकले एक अर्ब २४ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यस्तै, मितेरी र सप्तकोशी डेभलपमेन्ट बैंकले क्रमशः एक अर्ब एक करोड र ८३ करोड ४३ लाख रुपैयाँ कायम गरेका छन् । सिन्धु विकास बैंकले ५५ करोड ७४ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैेंकले ५२ करोड ५० लाख रुपैयाँ र ग्रीन डेभलपमेन्ट बैंकले ५१ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । क्षेत्रीयस्तरकै कर्णाली डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकले क्रमशः ५० करोड २८ लाख रुपैयाँ, ३५ करोड रुपैयाँ र २५ करोड २४ लाख ६७ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया