Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारवेस्टर्न युनियनको दशैं योजनाको विजेता सार्वजनिक

वेस्टर्न युनियनको दशैं योजनाको विजेता सार्वजनिक


काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले आफ्नो दशैं लक्षित ’दशैंमा १० गुणा’ अभियानको विजेताको नाम सार्वजनिक गरेका छन् । उक्त अभियान विजेता होमादेवी पाण्डे भएकी कम्पनीले जानकारी दिएको छ ।

वेस्टर्न युनियनका सुपर एजेन्टहरू, एटीटी रेमिट, सिजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरूका बीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । उनले बम्पर लक्की ड्रमार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेकी छन् । नेपालमा २७ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैं, तिहार र छठलाई लक्षित गरी ’दशैंमा १० गुणा’ अभियान सुरू गरेको थियो ।

बम्परमा प्राप्त रकमको १० गुणाबाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरूले कारोबार रकमको दुई गुणा जित्ने मौका पनि प्राप्त गरेका थिए । नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनि ट्रान्सफरले नेपालीहरूलाई सन् १९९६देखि विश्वका दुई सयभन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया