Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’

नबिल बैंकको ‘इन्स्ट्यान्ट गोल्ड लोन’


काठमाडौं । नबिल बैंक लिमिटेडले सुन धितो राखी तुरुन्तै ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफूलाई आवश्यक पर्दा विनाकुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने गरी बैंकले यो ऋण योजना ल्याएको हो । यो ऋण योजनाअन्तर्गत १२ दशमलव ३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घण्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ । त्यस्तै, सुनको लागि निःशुल्क बीमाको व्यवस्था पनि गरिएको छ । बैंकले ग्राहकको विभिन्न वित्तीय आवश्यकताहरू पूरा गर्न यस्तो प्रकारको कार्यक्रम ल्याएको जानकारी दिएको छ ।

नबिलले तत्कालका लागि नेपालभर आठवटा शाखाबाट यो सेवा दिने जनाएको छ । जसमा उपत्यकाभित्रका ग्राहकका लागि कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट लिन सकिन्छ । उपत्यकाबाहिरका ग्राहकका लागि धरान–महेन्द्रपथ, बुटवल–चौराहा, नेपालगञ्ज (भानुभक्त चोक), फिदिम र चिप्लेढुङ्गाबाट सुन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकले देशभर दुई सय ६६ वटा शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र तीन सय १३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएकोे छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया