Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैंकको लाभांश वितरण गर्ने प्रस्ताव पारित

नेपाल एसबीआई बैंकको लाभांश वितरण गर्ने प्रस्ताव पारित


काठमाडौं । नेपाल एसबीआई बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले शुक्रबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले बैंकको आव २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७९/८० वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित गरेको बैंकले जानकारी दिएको छ । सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ लि.’ को आव २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले बैंकका सेयरधनीहरूलाई तीन दशमलव ७५ प्रतिशत बोनश सेयर र छ दशमलव ८० प्रतिशत नगद लाभांश (बोनश सेयर तथा नगद लाभांशमा लाग्ने करसहित ) गरी चुक्ता पुँजीमा जम्मा १० दशमलव ५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले आव २०८०/८१ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेसर्स पिकेएफ टीआर उपाध्याय एन्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्नेलगायत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने÷गराउने सम्बन्धमा आवश्यक कामहरू गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया