Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटल र काठमाडौं ल्यानकोबीच व्यावसायिक सम्झौता

एनआईसी एसिया क्यापिटल र काठमाडौं ल्यानकोबीच व्यावसायिक सम्झौता


काठमाडौं । एनआईसी एसिया क्यापिटल र काठमाडौं ल्यानकोबीच क्यापिटलको आईडिया टु आईपीओ सेवाअन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । क्यापिटलले आईडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु-याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

सोही सेवाअन्तर्गत तीनधारा मार्ग काठमाडौं, नेपालमा रजिस्ट्रार कार्यालय रहेको काठमाडौं ल्यानको प्रालिलाई क्यापिटलको आईडिया टु आईपीओ सेवाअन्तर्गत काठमाडौं ल्यानको प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुनबमोजिम सर्वसाधारणहरूमा प्राथमिक सेयर निष्काशन गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र काठमाडौं ल्यानको बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको हो ।

काठमाडौं ल्यानको प्रालि संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यावसायिक घरजग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो । हाल उक्त कम्पनीले भैंसेपाटी, काठमाडौंमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिलाहरू निर्माण गर्न लागेको छ । जसमध्ये पहिलो चरणमा ३३ वटा भिला निर्माण गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणबाट आवश्यक अनुमति प्राप्त गरी निर्माणको चरणमा रहेका छन् भने दोस्रो चरणमा अपार्टमेन्ट भवन निर्माण गर्न आवश्यक कार्य अगाडि बढाइएको छ । काठमाडौं ल्यानकोले आवासीय परियोजनाहरूको अतिरिक्त काठमाडौं उपत्यका भित्र र उपत्यकाबाहिर उच्च गुणस्तरीयस्तरका भवन निर्माण गर्ने लक्ष्यसहित उच्च व्यावसायिक क्षमता हासिल गरेका सञ्चालक, संस्थापक र संस्थागत लगानीकर्ताहरूको समूहबाट स्थापित संस्था भएको हुँदा आगामी दिनमा साना ठूला सबै किसिमका व्यक्तिगत भिला तथा व्यावसायिक भवन निर्माणमा आफ्ना व्यवसाय तीव्र विस्तार गरी नेपालको रियल इस्टेट विकास कम्पनीको रूपमा नम्बर वान कम्पनी बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ ।

एनआईसी एसिया क्यापिटलले आईडिया टु आईपीओ सेवाअन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ दामोदर रायमाझीलाई मोबाइल नं ९८०२३५५६७८ मा सोझै सम्पर्क गर्न सकिने बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया