Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइएमईको रेमिट्यान्स साक्षरता कार्यक्रम

आइएमईको रेमिट्यान्स साक्षरता कार्यक्रम


काठमाडौं । नेपालको नेतृत्वदायी रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले सातै प्रदेशमा रेमिट्यान्स साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । गत मंसिरदेखि सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा प्रत्येक प्रदेशअन्तर्गतका व्यावसायिक साझेदार मित्रहरूको उत्साहपूर्वक उपस्थित थियो । उक्त साक्षरतासम्बन्धी कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिट्यान्स र यसको प्रयोग विषयमा केन्द्रित रहेर रेमिट्यान्समार्फत प्राप्त भएको रकम सुरक्षितरूपमा कसरी हस्तान्तरण गर्ने, रेमिट्यान्स गरी रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले विशेषगरी के–कुरामा ध्यान पु-याउने तथा रेमिट्यान्सको डिजिटल प्रयोगसम्बन्धी विषयमा रहेर प्रशिक्षण सम्पन्न गरिएको हो ।

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु-याउन प्रतिबद्ध आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्व–रोजगारमा रहेका सेवाग्राहीहरू तथा स्वदेशमै दुःख गरी कमाएको रकमको सुरक्षाको उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न गरिएको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया