Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिन्सियर सेभिङ एण्ड क्रेडिटको १० प्रतिशत नगद लाभांश

सिन्सियर सेभिङ एण्ड क्रेडिटको १० प्रतिशत नगद लाभांश


काठमाडौं । सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । संस्थाको यही पुस २८ गते शनिबार काठमाडौंमा सम्पन्न २३ औँ वार्षिक साधारणसभाले उक्त अनुपातमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

वार्षिक साधारणसभामार्फत संस्थाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ भने आव २०८०/८१ को लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाले सोही वार्षिक साधारणसभामार्फत लेखापरीक्षक श्री एनके जोशी एण्ड कम्पनीको प्रतिवेदन पारितसहित २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया