Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबिएल म्युचुअल फण्डको ‘एनआईबिएल स्टेवल फण्ड’ सार्वजनिक निष्काशन आजबाट सुरु

एनआईबिएल म्युचुअल फण्डको ‘एनआईबिएल स्टेवल फण्ड’ सार्वजनिक निष्काशन आजबाट सुरु


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवद्र्धक तथा एनआइएमबि एस क्यापिटल लि., योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत संचालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’को सार्वजनिक निष्काशन आज(मंगलबार)बाट सुरु भएको छ । यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट गत मंसिर २१ गते प्राप्त भएको थियो ।

यस योजनाको आकार एक अर्ब र समयावधि १२ वर्षको रहेकोे छ र यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधिभर यस योजनाले बार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाई धनीहरुलाई दिनसक्ने प्रक्षेपण समेत गरिएको छ ।

कम्पनीका अनुसार योजनाको सार्वजनिक निष्काशन आज माघ २ देखि ५ गतेसम्म र ढिलोमा यहि माघ १६ गतेसम्म रहने छ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम एक हजारदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्ने छन् ।

लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्ने छन् । योजनाको विवरण पुस्तिका एनआइएमबी एस क्यापिटल लि.कोे वेवसाईट तथा नेपाल धितोपत्र बोर्डको वेव साईट मा समेत राखिएको छ ।

‘एनआईबिएल म्युचुअल फण्ड’अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत संचालनमा रहेको र ‘एनआईबिएल समृद्धि फण्ड–१’ आफ्नो सात वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको र हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड, एनआईबिएल समृद्धि फण्ड–२ तथा एनआईबिएल ग्रोथ फण्डसमेत संचालनमा रहेको छ ।

साथै, कम्पनीका अनुसार नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागीता फण्ड’ पनि यसै म्युचुअल फण्डअन्तर्गत संचालनमा रहेको छ । ‘एनआईबिएल स्टेवल फण्ड’का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया