Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसगरमाथा लुम्बिनी इन्स्योरेन्सको कर्मचारीहरूलाई तालिम

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कर्मचारीहरूलाई तालिम


काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले प्रदेश ५ मा कार्यरत कर्मचारीहरूको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको लुम्बिनी प्रदेशस्थित बुटवलमा यही पुस २७ र २८ गते आयोजना गरिएको कार्यक्रममा ६५ भन्दा बढी कर्मचारीहरूको उपस्थिति थियो ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्ने काम नियमितरूपमा गरिरहेको छ । नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पूर्णबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराइटिङ, दाबी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवालगायतका विषयहरूमा अन्तक्र्रियात्मक प्रस्तुतीकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धकद्वय कविराज पौडेल तथा सुभाष दीक्षित तथा अन्य विभागीय प्रमुखद्वारा कर्मचारीहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

उक्त प्रस्तुतीकरणमा प्रस्तुत तथा विवेचना गरिएकाका विषयले कर्मचारीहरूमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् । मर्जरपश्चात् सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बजार विस्तार र ग्राहक सेवालाई पहिलो प्राथमिकता दिएको छ । बजार विस्तारलगायत ग्राहक सेवामा सबैभन्दा ठूलो भूमिका कर्मचारीहरूकै हुन्छ । यसले गर्दा कम्पनीले केन्द्रमा रहेका कर्मचारीहरूलाई मात्रै नभई प्रदेशस्तरका कर्मचारीहरूलाई समेत उत्तिकै दक्ष बनाउने रणनीति बनाएको छ ।

बीमा कम्पनीहरू काठमाडौं तथा प्रमुख सहरहरूमा मात्रै केन्द्रित रहँदै आएकोमा मर्जरपश्चात् आफ्नो व्यावसायिक क्षमतालाई अधिकतम उपयोग गर्दै ग्रामीण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेका छन् । यसै क्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको यो कार्य सह्रानीय देखिएको कम्पनीको दाबी छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया