Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेस्टमेन्ट मेगा बैंकको काठमाडौंमा नयाँ शाखा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको काठमाडौंमा नयाँ शाखा


काठमाडौं नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं ३१ मा शंखमुल शाखा र काठमाडौं महानगरपालिका वडा नं २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएकोे हो । यी दुई शाखाहरू गरी बैंकको शाखा संख्या दुई सय ६४ पुगेको छ । नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाहरूबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । साथै, काठमाडौं उपत्यकामा चाँडै नै अरू थप शाखाहरू खोल्ने समेत उनले जानकारी गराए ।

हाल बैंकको दुई सय ६४ वटा शाखा कार्यलय, ६३ वटा एक्सटेन्सन काउन्टर, एक सय १३ वटा शाखारहित बैंकिङ र दुई सय ५५ वटा एटीएम काउन्टरहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया