Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी सनराइजको ‘इ–कमर्स अक्वायरिङ’ सेवा सुरु

लक्ष्मी सनराइजको ‘इ–कमर्स अक्वायरिङ’ सेवा सुरु


काठमाडौं । लक्ष्मी सनराइज बैंकले ’इ–कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ । नेप्सअन्तर्गत इ–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक रहेको दाबी पनि बैंकले गरेको छ । यो सेवा नेप्स र भिसाको सहायक संस्था, साइबर सोर्ससँगको सहकार्यमा विकास गरेको हो । यस सेवाको सञ्चालनपश्चात् अब लक्ष्मी सनराइज बैंकका व्यापारी ग्राहकहरूले इ–कमर्स प्लेटफर्ममार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने छन् । इ–कमर्स अक्वायरिङ गेटवे व्यापारीहरूका निम्ति ग्राहकमार्फत भुक्तानी लिनका लागि सजिलो मध्यम हुन सक्छ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरूले विश्वव्यापीरूपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्ने छन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताविना छिटो र सहजरूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्ने छन् । तसर्थ, यो सुविधाले देशको इ–कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराइज बैंकको रहेको छ ।

बैंकले हाल देशभर रहेका दुई सय ६३ वटा शाखा, २८ एक्सटेन्सन काउन्टर तीन सय २८ वटा एटीएम काउन्टर, एक सय ४१ शाखारहित बैंकिङ र पाँच हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत आफ्नो सेवाहरू प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया