Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा क्यापिटलको साधारणसभा

गरिमा क्यापिटलको साधारणसभा


काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरू पारित गरेको हो ।

क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दीपक पाण्डेयको अध्यक्षतामा सम्पन्न आठौँ वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरूले राखेको जिज्ञासाहरूको अध्यक्ष पाण्डेय एवम् प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए । गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो सेयर खातासम्बन्धी सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरीवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फन्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुलामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढ्ने जानकारी समेत गराएको छ ।

गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको कम्पनीको भनाइ छ । कम्पनीले आफ्ना सेवाहरू अझ परिष्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नका निमित्त विभिन्न नवीनतम् प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया