Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसम्पत्ति शुद्धीकरण र करछलीका घटना बढे

सम्पत्ति शुद्धीकरण र करछलीका घटना बढे


काठमाडौं । राष्ट्र बैंकले मुलुकको वित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तथा घटनाहरू धेरै भएको बताएको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणका घटनाका साथै, करछली, तस्कर कर अपराध, बैंक तथा फाइनान्स र विदेशी मुद्रा सटही सहकारी, क्यासिनो, ठगी, फार्म, वैदेशिक रोजगारीसम्बन्धी गैरकानुनी गतिविधि बढेको जनाएको छ ।

राष्ट्र बैंकअन्तर्गत फाइनियन्सियल इन्टीलिजेन्स युनिटले यसैसाता सार्वजनिक गरेको सन् २०२२/२३ वार्र्षिक प्रतिवदेनमा २५ वटाभन्दा बढी क्षेत्रहरूमा आर्थिक अपराधका घटना बढिरहेको बताएको छ । सन् २०२२/२३ को अवधिमा तीन हजार दुई सय ६६ वटा सम्पत्ति शुद्धीकरण, एक हजार छ सय ६४ वटा करसम्बन्धी अपराध, सात सय २५ वटा बैंक तथा वित्तीय संस्थासम्बन्धी, चार सय २० वटा क्यासिनोसम्बन्धी, चार सय एकवटा ठगी, एक सय ६५ वटा फर्म तथा साझेदारी र कम्पनीसम्बन्धी, ८५ वटा यातायात, शिक्षा, स्वास्थ्य, औषधि, वैदेशिक रोजगारीसम्बन्धी, ३४ वटा भ्रष्टाचार तथा घुसखोरी, २६ वटा जालसाझीका गैरकानुनी वित्तीय कारोबार भएको छ ।

त्यस्तै १० वटा दुव्र्यसनी, २० वटा घरजग्गा, १७ वटा नागरिकता, भिसा र पासपोर्टसम्बन्धी, १४ वटा नक्कली कारोबारसम्बन्धी, ११ वटा धितोपत्र बोर्ड तथा सेयरसम्बन्धी, आठवटा संगठित अपराध तथा र्याकेटिङसम्बन्धी, १० वटा मानव बेचबिखनसम्बन्धी, छवटा नक्कली उत्पादन तथा चोरी, चारवटा सञ्चार प्रसारण र विज्ञापनसम्बन्धी, तीनवटा चुनावसम्बन्धी, दुईवटा कालोबजारी उपभोक्ता हित र आपूर्तिसम्बन्धी, दुईवटा अपहरण तथा बन्धक, चारवटा अन्य र एउटा क्रमशः चोरी, हत्या दुर्घटना, लागुऔषध, चोरीसम्बन्धी गैरकानुनी वित्तीय कारोबार भएको बताइएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी एसिया प्यासिफिक समूह हेर्ने एसिया प्यासिफिक ग्रुप मनिलाउन्ड्रिङ (एपीजी)ले फाइनान्सियल अडिटमा भ्रष्टाचार, मानव बेचबिखन, लागुऔषधको कारोबार, हुण्डीको कारोबार, राजस्व छली आतङ्कवादी गतिविधि र हात हतियारको कारोबार तथा कालोधनलाई वैध बनाउन मिल्ने प्रस्ताव गरिएको लगायतका प्रश्न उठाएको समयमा राष्ट्र बैंकले गैरकानुनी वित्तीय घटना बढेको विषय सार्वजनिक गरेको छ ।

त्यस्तै सन्दिग्ध कारोबार समेत बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन सन्दिग्ध गतिविधि लेनदेन (एसटीआर) र सन्दिग्ध गतिविधि प्रतिवेदन (एसएआर) वर्गीकरण गर्दै सन्दिग्ध कारोबार समेत बढेको जनाएको छ । सन् २०२२/२३ मा पाँच हजार नौ सय ३५ वटा र सन् २०२१/२२ मा दुई हजार सात सय ८० वटा सन्दिग्ध लेनदेन कारोबार भएको छ । जसमा सबैभन्दा बढी बैंक, फाइनान्स, बीमा र सहकारी क्षेत्रमा सन्दिग्ध कारोबार भएको छ । दुई सय १५ वटा बैंक, फाइनान्स, बीमा, सहकारी र मनि एक्सचेन्ज, एक सय ९९ वटा चिट्ठा, जुवा र दान, ७१ वटा ठगी, ६१ वटा करसम्बन्धी, २९ वटा भ्रष्टाचार र घुसखोरी, १७ वटा सम्पत्ति शुद्धीकरण, ११ वटा नागरिकता पासपोर्टसम्बन्धी, छवटा जालसाझी र तीनवटा मानव बेचबिखन र मानवतस्करसम्बन्धी क्षेत्रमा सन्दिग्ध कारोबार अर्थात् एसटिआर र एसएआर भएको बताइएको छ । कारोबार सबैभन्दा धेरै वाणिज्य बैंकमा हुनेगरेको र त्यसपछि क्रमशः विकास बैंक, फाइनान्स, जीवन बीमा, पेमेन्ट सेवा, रेमिट्यान्स कम्पनी र ब्रोकरहरू रहेको बताइएको छ । सन् २०२३ मा वाणिज्य बैंकहरूले ३५ अर्ब ५७ करोड ८७ लाख रुपैयाँ, १६ करोड १७ लाख रुपैयाँ, २२ करोड ६४ लाख रुपैयाँ, जीवन बीमा चार करोड ३९ लाख रुपैयाँ, पेमेन्ट कम्पनीले एक लाख रुपैयाँ, रेमिट्यान्स कम्पनीले आठ करोड ८२ लाख रुपैयाँ र ब्रोकरले २६ करोड २९ लाख रुपैयाँबराबरको सन्दिग्ध कारोबार गरेको पाइएको छ ।

नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरलाई अन्य कसुरजन्य अपराधसँग जोडिएको छैन । कुन–कुन निकायले कसुरजन्य सम्पत्ति जफत गरेको छ भन्ने एकीन विवरण समेत नेपालसँग पाइएको छैन । देखाउनका लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग गठन गरिए पनि ठोस काम भएको देखिएको नभएको अवस्थामा राष्ट्र बैंकले उक्त खुलासा गरेको हो । साथै भीआईपी र भीभीआईपीहरूको हकमा नेपालमा अहिलेसम्म एउटा पनि मुद्दा चलेको छैन । विद्युतीय ट्रान्सफर अर्थात् भर्चुअल मुद्दाको कारोबारमा अनुसन्धान शून्य अवस्थामा रहेको बताइएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया