Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलमजुङका विद्यालय र वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग

लमजुङका विद्यालय र वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राइनास नगरपालिका ०८, लमजुङमा अवस्थित श्री वीर भक्ति माध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरूलाई आश्रय दिइरहेको सर्वोदय सेवाश्रमलाई बैंकले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम सञ्चालन भइरहेको छ ।

यसका साथै बैंकले श्री वीर भक्ति माध्यमिक विद्यालयका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । विद्यालय र सेवाश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप सामग्रीहरू हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले ज्येष्ठ नागरिक र बालबालिका समाजका एक अभिन्न अंग भएका र उनीहरूलाई सहयोग प्रदान गर्न पाउँदा धेरै ठूलो सहयोग नभए पनि सांकेतिकरूपमा समाजप्रतिको उत्तरदायित्वलाई आत्मसाथ गरेको कुरा व्यक्त गरे । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । बैंकले देशैभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १७ लाख सात हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया