Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकर्स संघ र काठमाडौं विश्वविद्यालयबीच सम्झौता

बैंकर्स संघ र काठमाडौं विश्वविद्यालयबीच सम्झौता


काठमाडौं । नेपाल बैंकर्स संघ तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल केसी र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा विजय केसीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार दुई पक्षले मुख्यतः आर्थिक तथा वित्तीय विषयहरूमा संयुक्त अध्ययन र तथ्याङ्कमा आधारित अनुसन्धानमार्फत नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनुका साथै विभिन्न क्षेत्रमा सहकार्य गर्दै विविध कार्यक्रमहरूको माध्यमबाट अगाडि बढ्ने लक्ष्य लिइएको छ । साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्न इन्टर्नसिप अवसरका लागि पनि सहकार्य गरिनेछ । यस सहकार्यले विश्वविद्यालय र संघको ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ ।

बैंकहरूबीच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकसँग सम्बन्धित नीति तथा पद्धतिमा एकरूपता कायम गर्न, एउटा साझा संस्थाको रूपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो । त्यसैगरी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट देशमा उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै, अध्ययन र अनुसन्धानमार्फत शैक्षिक उद्यमको वृद्धि र विकासमा उल्लेखनीय योगदान पु¥याउँदै आएको संस्था हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया