Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफको लुम्बिनी लक्जरी टुर र रानीमहल भ्रमण

नेसनल लाइफको लुम्बिनी लक्जरी टुर र रानीमहल भ्रमण


काठमाडौं । कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूको उपस्थितिमा कम्पनीले लुम्बिनी लक्जरी टुरअन्तर्गत नेपालको प्रसिद्धस्थल लुम्बिनी र पाल्पाको रानीमहल भ्रमण गराएको छ । कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरू र देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब चार हजार जनाभन्दा बढी वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।

सो अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियोे । कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताहरूको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएको महसुस गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया