Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबढ्यो फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी

बढ्यो फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी


काठमाडौं । फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी मंसिर मसान्तमा १५ अर्ब २१ करोड ६० लाख रूपैयाँ पुगेको छ । यो चुक्ता पुँजी एक वर्षअघिको तुलनामा ५१ करोड ४० लाख रूपैयाँले बढी हो । एक वर्षअघि १७ वटा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १४ अर्ब ७० करोड २० लाख रूपैयाँबराबर थियो ।

राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी चुक्ता पुँजी मञ्जुश्री फाइनान्सको छ । गत मंसिर मसान्तसम्म मञ्जुश्रीले एक अर्ब ३५ करोड १५ लाख ५३ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यसपछि आईएफसी फाइनान्सले एक अर्ब १८ करोड ३४ लाख ७० हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेको छ । रिलायन्स, पोखरा र गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले क्रमशः एक अर्ब १२ करोड १४ लाख ५२ हजार रूपैयाँ, एक अर्ब आठ करोड २५ लाख ५६ हजार रूपैयाँ र एक अर्ब एक करोड २१ लाख ७६ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यसैगरी श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी, सेन्ट्रल र गुडविल फाइनान्सले क्रमशः ९८ करोड १६ लाख ८३ हजार रूपैयाँ, ९४ करोड ८८ लाख ७५ हजार रूपैयाँ र ९४ करोड ६१ लाख १५ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।

गोर्खाज, बेस्ट र प्र्रोग्रेसिभ फाइनान्सले क्रमशः ८६ करोड ७९ लाख ९३ हजार रूपैयाँ, ८५ करोड ४८ लाख १६ हजार रूपैयाँ र ८४ करोड ८१ लाख छ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । समृद्धि र नेपाल फाइनान्सको चुक्ता पुँजी क्रमशः ८१ करोड ८९ लाख ११ हजार रूपैयाँ र ७२ करोड ७५ लाख ४८ हजार रूपैयाँ छ । क्षेत्रीयस्तरको जानकी र मल्टीपर्पस फाइनान्सको चुक्ता पुँजी क्रमशः ६९ करोड चार लाख ७२ हजार रूपैयाँ र ४५ करोड २० लाख रूपैयाँ कायम भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया