Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार अनामनगरस्थित सिटी मन्टेस्वरीका शिक्षिका तथा कर्मचारीहरूबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

सो कार्यक्रममा फाइनान्सका नायब प्र्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले उपस्थित ३१ जनाको समूहलाई बैङ्किग प्रणालीको आवश्यकता र महत्व प्रकाश पार्नुका साथै बचत गर्ने बानीको विकास, महत्व, बैङ्किग प्राणलीबाट प्रदान हुने सुविधाहरू र बैङ्किग सेवा लिन प्रोत्साहन प्रदान गरेका थिए ।

सिटी मन्टेस्वरीकी पिन्सिपल पुष्पा रिजालले शिक्षक तथा कर्मचारीबीच राखिएको सो कार्यक्रमले बैङ्किग चेतनाको विकास गरेको भन्दै फाइनान्स परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया