Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारणसभा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारणसभा


काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३०औँ साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले फागुन ३० गते बिहान ११ बजे काठमाडौंको भगवती बहाल स्थित लिसरा रिसेप्सनमा साधारणसभा डाकेको हो ।

साधारणसभाले चुक्ता पुँजीको ११ प्रतिशत (३० करोड ८७ लाख रुपैयाँ) बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, साधारणसभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले फागुन ११ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । फागुन १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया