Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘ऋण लिएपछि तिर्नुपर्छ’

‘ऋण लिएपछि तिर्नुपर्छ’


काठमाडौं । नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन् । महिला आर्थिक पत्रकार संघ (फेजा)ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन् ।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताइन् । यद्यपि छिमेकी देशहरूको तुलनामा नेपालको निष्क्रिय कर्जा कम नै रहेको बताइन् । नेपालमा वित्तीय क्षेत्रको आकार र पहुँच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएकाले बैंकिङ क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठीक हुने बताइन् । पुँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया