Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तद्वारा तालिम सञ्चालन

इन्फिनिटी लघुवित्तद्वारा तालिम सञ्चालन


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका ४३ जिल्लाका ९५ वटा शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिृकतहरूलाई तालिम प्रदान गरेको छ । संस्थाले हालै सुन्दर नगरी पोखरामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाको अध्यक्षतामा तालिम सञ्चालन गरेको थियो ।

कार्यक्रममा वर्तमान परिवेशमा लघुवित्त क्षेत्रमा देखिएको चुनौतीहरूलाई सामना गर्दै उपयुक्त अवसरहरूको खोजीमा लाग्नुपर्ने विषयमा तालिम दिइएको थियो । तालिमले लघुवित्त क्षेत्रमा कार्यक्रमको गुणस्तरमा समेत सुधार आउने संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत ज्ञानेश्वर पन्तले बताए । यस्तै, संस्थाका संस्थापकद्वय दिनेश अधिकारी र रवीन नेपालले कार्यक्रममा भएको सिकाइलाई पूर्णरूपमा व्यवहारमा कार्यान्वयन गरी आगामी दिनमा लघुवित्त क्षेत्रमा गुणस्तरीय सेवासहित प्रभावकारी कार्यक्रम विस्तार गर्न आग्रह गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया