Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी कार्यक्रम


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखरास्थित, ल्यान्डमार्क होटलमा दुई दिनको मिलियन डलर राउन्ड टेबल ‘एमडीआरटी’ कार्यक्रम सञ्चालन गरेको छ । सिटिजनका लिडरहरूको क्षमता विकास गर्ने उद्देश्यले सो कार्यक्रममा समय व्यवस्थापन, जीवन व्यवस्थापन, मानसिक जागरूकता, तथा खानपिन सुधारलगायतका विषयमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरूले उपस्थिति जनाएका थिए । कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्द थिए । कार्यक्रममा,‘एमडीआरटी’ मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल १९ सिटिजन लिडरहरू र १ जना सि.ओ.टि. (कोर्ट अफ द टेवल) क्वालिफायर लाई खादा, प्रमाणपत्र, र पुरस्कारसहित सम्मानित गरिएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया