Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्सका तीन शाखाको रक्तदान कार्यक्रम

समृद्धि फाइनान्सका तीन शाखाको रक्तदान कार्यक्रम


काठमाडौं । समृद्धि फाइनान्सका तीन वटा शाखाले एकसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । सो संस्थाका शाखा कार्यालयहरू पुतलीसडक, नारायणगढ र बुटवलले शुक्रबार रक्तदान कार्यक्रम सञ्चालन गरेका हुन् । रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै सो कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

उक्त कार्यक्रम बुटवलको रक्तसञ्चार सेवा केन्द्रमा, नारायणगढ शाखाको प्राङ्गगणमा र पुतलीसडकबाट शंकरदेव क्याम्पस अगाडि ट्याक्सी स्ट्यान्डमा सम्पन्न गरिएको थियो । सो कार्यक्रममा बुटवलबाट ३८, नारायणगढबाट ४३ र पुतलीसडकबाट ५० गरी जम्मा एक सय ३१ युनिट रक्त संकलन भएको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक महिनाको लागि फरक–फरक कार्यक्रमहरू तय गरेकोमा फाल्गुण महिनाको लागि रक्तदान कार्यक्रम सम्पन्न गरेको र आगामी महिनाहरूको लागि विभिन्न मितिहरूमा अन्य कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया