Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफोनपेको ‘सक्षम नारी’ अभियान

फोनपेको ‘सक्षम नारी’ अभियान


काठमाडौं । फोनपेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आफ्नो पछिल्लो अभियान ‘सक्षम नारी’ सुरु गरेको छ । यस अभियानद्वारा फोनपले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरूले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरूलाई डिजिटल भुक्तानीका माध्यममा सशक्त बनाउने कोसिस गरेको जनाएको छ ।

फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान सुरु गरेको हो । माघ २६ गतेदेखि सुरु भएको यो अभियान फागुन २८ गतेसम्म चल्नेछ । अभियानमा सहभागी हुन नबिल र सानिमा बैंकका महिला प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत अभियान अवधिभर कुनै पनि फोनपे सेवाहरू फोनपे क्युआर, फोनपे डाईरेक्ट र फोनपे बिल प्रयोग गरी कम्तीमा तीन वटा कारोबार गर्नुपर्ने रहेको छ । नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले अभियानको मापदण्ड पूरा गरेपछि बालाजी डायमण्डबाट उत्कृष्ट हीरा सेट पाउनेछन् । साथै, सानिमा बैंक र नबिल बैंकका एक सय महिला प्रयोगकर्ताहरूले एक हजार रुपैयाँको ग्यारेन्टी टप–अप जित्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया