Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसत्य साई वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग

सत्य साई वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रुपन्देहीमा अवस्थित श्री सत्य साई वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरूलाई आश्रय दिइरहेको सो संस्थालाई बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामग्री र अन्य सामग्रीहरू उपलब्ध गराएको हो ।

विभिन्न दाताबाट प्राप्त सहयोगबाट सो वृद्धाश्रम सञ्चालन भइरहेको छ । वृद्धाश्रममा शुक्रबार आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप सामग्रीहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा उनले वृद्धाश्रममा आश्रित व्यक्तिहरूको जीविकोपार्जन तथा सहजीकरणका निमित्त उक्त सामग्रीहरू संस्थालाई हस्तान्तरण गरी मानवसेवामा समर्पित हुन पाउँदा हर्षित भएको बताए । संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा बैंकले कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया