Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईँ

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईँ


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईँ नियुक्त भएका छन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईँलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति)बाट बीमा क्षेत्रमा प्रवेश गरेका प्रसाईँ बीमा क्षेत्रमा अनुभवी व्यक्तिको रूपमा चिनिन्छन् । प्रसाईँसँग नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्व गरेको अनुभव छ । साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्य गर्दैगर्दा साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र साविकको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बीच मर्जरपश्चात बनेको प्रभु महालक्ष्मी लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए । २०८० फागुन १८ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले प्रसाईँलाई प्रमुख कार्यकारी अधिकृतमा चार वर्षे कार्यकालका लागि नियुक्ति प्रदान गरेको छ । प्रसाईँ चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया