Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न

आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको साधारणसभा सम्पन्न


काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आइतबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

सभामा सम्पूर्ण सेयरधनीहरूलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले नेपाली बीमा बजारमा छुट्टै पहिचान स्थापित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए । विसं २०८० वैशाख २७ गतेबाट साविक आइएमई जनरल इन्स्योरेन्स लि र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा क्षेत्रमा सबैभन्दा छोटो समयमा मर्जर सम्पन्न गरी आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न सफल भएको र उक्त कार्यमा सहयोग गर्ने कम्पनीका सम्पूर्ण सेयरधनीहरू, नियामकीय निकाय नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सीडीएस क्लियरिड लिमिटेड, स्वदेशी तथा विदेशी पुनर्बीमा कम्पनीहरू, पुनर्बीमा ब्रोकरहरू लेखापरीक्षकहरूलगायत पत्रकार जगतलाई पनि धन्यवाद दिए ।

देशको समग्र आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नको लागि ठूलाठूला मेगा प्रोजेक्टहरूको स्थापना हुनुपर्नेमा विशेष जोड दिँदै अध्यक्ष ढकालले नेपालमा विकास निर्माणको लागि सडक, जलविद्युत्, कृषि, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेकाले सरकारले उच्च प्राथमिकताका साथ लगानीमैत्री वातावरणको सिर्जना गरी स्वदेशी तथा विदेशी लगानीलाई विशेष प्रोत्साहन गर्न सके देशभित्रै रोजगारीको सिर्जना भई देश आर्थिक संवृृद्धिको बाटोमा लम्किने थियो भनी सभामा आफ्नो मन्तव्य राखे ।

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्छ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यवसाय र मुनाफामा वृद्धि हुने धारणा व्यक्त गरे । पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदिले बीमा व्यवसाय वृद्धि, नाफामा वृद्धि भएबाट पुँजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासका लागि गुणस्तरीय सेवा, बीमाको नयाँ–नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सूचना प्रविधिको माध्यमबाट समेत सहज सेवा प्रदान गर्ने हेतुले आगामी वर्षमा ग्राहकमुखी भएर सन्तुष्ट ग्राहकहरूको संख्यामा वृद्धि गरी अगाडि बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी सभालाई गराए । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष ढकालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको २६ औँ वार्षिक साधारणसभाबाट आगामी चार वर्षका लागि संस्थापक समूहबाट हेमराज ढकाल, विशाल अग्रवाल, अम्बिकाप्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधारण समूहबाट राजेन्द्रसिंह भण्डारी र अमित अग्रवाल सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया