Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट


काठमाडौं  । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट आएको छ । संस्थाले चालू आर्थिक वर्षको छ महिना अर्थात् दोस्रो त्रैमासिक अवधिमा छ करोड ९३ लाख चार हजार तीन सय २१ रुपैयाँ खुद मुनाफा कमाएको छ । संस्थाका अनुसार यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै एक करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा भने संस्थाले सात करोड ९४ लाख १४ हजार छ सय २२ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार दुई सय एक रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब एक करोड ५० लाख २५ हजार तीन सय ८५ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ६४ करोड ५७ लाख ५२ हजार सात सय तीन रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर एक दशमलव ७८ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा चार करोड ७४ लाख ७७ हजार तीन सय ९३ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब ३२ करोड ८१ लाख ५० हजार नौ सय ३१ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २८ करोड ३४ लाख ८३ हजार छ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव १४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया