Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेरुडे र मिर्मिरे लघुवित्त एकीकृत कारोबारको तयारीमा

नेरुडे र मिर्मिरे लघुवित्त एकीकृत कारोबारको तयारीमा


काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एकीकृत कारोबारमा अन्तिम तयारीमा जुटेका छन् । यी दुवै संस्थाले मर्जर प्रक्रिया सम्पन्न गरी यही फागुन ३० गतेबाट एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् ।

मर्जरपश्चात कम्पनीको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था कायम रहने छ । एकीकृत कारोबारका लागि यी कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले यही फागुन २१ गते र कम्पनी रजिस्टर्डको कार्यालयले यही फागुन २२ गते अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबारको मिति घोषणा गरेको हो । गत वैशाख १० गते नैं छुट्टाछुट्टैरूपमा सम्पन्न भएको दुवै संस्थाको विशेष साधारणसभाले मर्जरको लागि एक बराबर एक अर्थात् १ः१ को स्वा्प रेसियो तोकेको थियो । एकीकृत कारोबारपश्चात बन्ने संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेमापा रहने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया