Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना

महालक्ष्मी विकास बैंकको महिला उद्यमी सशक्तीकरण योजना


काठमाडौं  । महालक्ष्मी विकास बैंकले आलय प्रालि र रायन इनर्जी प्रालिको सहकार्यमा महिला उद्यमीहरूको वित्तीय पहुँच तथा स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ । यसअन्तर्गत महालक्ष्मी विकास बैंकले बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघुउद्यमीहरूलाई विद्युतीय सवारी साधन खरिदको लागि वित्तीय सहयोग प्रदान गर्नेछ । साथै, आधिकारिक विक्रेता तथा निर्माताको रूपमा रहेको रायन इनर्जी प्रालिले सुरक्षित तथा वातावरणीय अनुकूल विद्युतीय सवारी साधनहरू आपूर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्नेछ ।

यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रबद्र्धन, वित्तीय विशेषज्ञता तथा नवीनतम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशील साझेदारीको रूपमा रहने छ । साथै, यो सम्झौताले महिलाहरूलाई आर्थिकरूपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यस सहकार्य लैङ्गिक समानता हासिल गर्न तथा महिलाहरूलाई अवसर सिर्जन गर्न तथा महिला सशक्तीकरणका लागि एक महत्वपूर्ण उदाहरणको रूपमा रहनेछ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब सात लाख ग्राहकहरू रहेका छन् । साथै, मिति २०८० पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया