Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया लघुवित्तको सम्मेलन

एनआईसी एसिया लघुवित्तको सम्मेलन


काठमाडौं । ‘साथीसँगै सबल बन्दै’ भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो गौरवमय राष्ट्रियस्तरको शाखा प्रमुख सम्मेलन यही फागुन २५ गतेदेखि फागुन २७ गतेसम्म सौराहा, चितवनमा सम्पन्न गरेको छ । देशभरिकै कुल दुई सय ८७ शाखा कार्यालयहरूका सम्पूर्ण शाखा प्रमुखहरू, प्रदेश प्रमुखलगायत संस्थाको कर्पोरेट कार्यालयका विभागीय प्रमुखहरू, संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चालक समितिका सदस्यसहितको सहभागितामा सम्मेलन भएको थियो । उक्त सम्मेलन संस्थाको हाल सम्मकै ठूलो तथा भव्य कार्यक्रममध्ये एक रहेको थियो ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष सुवर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत लक्ष्मण चालिसेले आ–आफ्नो तर्फबाट स्वागत मन्तव्य राखेका थिए । उक्त सम्मेलनमा संस्थाले आमन्त्रित गरेका त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक तथा लघुवित्त विज्ञ डा भरत सिंह थापाले लघुवित्तले गरिबी न्यूनीकरणमा गरेको योगदान, लघुवित्तको वर्तमान अवस्था, चुनौती र अबको लघुवित्तको बाटोको बारेमा प्रस्तुति दिएका थिए । उत्प्रेरक वक्ता रमण भट्टराईले सम्मेलनमा जीवन, जगत, काम र जीवनलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा निकै नै रोमाञ्चक तरिकाले सहभागी सम्पूर्ण कर्मचारीहरूलाई निकै नै उत्प्रेरित हुने तरिकाले प्रेरणदायी प्रस्तुति दिएका थिए ।

उक्त शाखा प्रमुख सम्मेलनमा सहभागी भएका केही शाखा प्रमुखहरूले लघुवित्तमा आफ्नो यात्रा, संघर्ष र सफलताका विषयमा प्रस्तुति दिएका थिए । संस्था स्थापनाकालदेखि निरन्तररूपमा कार्यरत रहेका कर्मचारीहरूलाई संस्थाका अध्यक्ष पौडेल र प्रमुख कार्यकारी अधिकृत चालिसेले सम्मान गरेका थिए । संस्थाले सम्मेलनमा सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाका विभिन्न नगरपालिकाहरूमा रहेका पाँच वटा आधारभूत विद्यालयका प्रधानाध्यापकहरूलाई कार्यक्रममा आमन्त्रित गरी शैक्षिक तथा मेडिकल सामग्रीहरू वितरण गरेको थियो । विभिन्न शाखाबाट आएका सदस्यहरूले आफ्नो सफलताको कथा प्रस्तुत गरेपश्चात् उनीहरूको संघर्ष र सफलतामा हौसला प्रदान गर्दै सम्मानका साथ मायाको चिनो पनि प्रदान गरिएको थियो । संस्थाले देशको अर्थतन्त्रमा लघुवित्त संस्थाको योगदान, बचतको महत्व, कर्जाको सदुपयोगिता, डिजिटल बैकिङलगायतको विषयमा वित्तीय साक्षरता पुर्याउने हेतुले आइतबार बिहान सौराहमा प्रभातफेरि कार्यक्रम समेत गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया