Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनवीकरणीय ऊर्जा प्रवर्द्धनमा सिद्धार्थ बैंक

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा सिद्धार्थ बैंक


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरणसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार दिगो ऊर्जा चुनौती कोषसँग समन्वय गरी बैंकको नवीकरणीय ऊर्जा परियोजनाहरूमा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत ग्यारेन्टी हुनेछ । यस सम्झौताले बैंकको नवीकरणीय ऊर्जा परियोजनाहरूजस्तै सोलार नेट मिटरिङ, एक मेगावाटसम्मको ग्रिड टाइड सोलार परियोजना, फोहोरबाट ऊर्जा निकाल्ने परियोजना, मिनी र माइक्रो हाइड्रो, घरपरिवारमा विद्युतीय खाना पकाउने, सिँचाइका लागि सौर्य पानी पम्प र विद्युतीय परिचालनमा कर्जा लगानी गर्न थप प्रोत्साहन गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर एक सय ९६ वटा शाखा (पाँच वटा एक्सटेन्सन काउन्टरसहित), ७३ शाखारहित बैंकिङ सेवा र दुई सय २६ वटा एटीएममार्फत उच्चस्तरीय एवम् प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ‘सम्बन्ध सधैभरिलाई’ भन्ने नारा अवलम्बन गर्दै बैंकले ‘सिद्धार्थ केयर’ मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४ सै घण्टा गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया