Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा केडिया

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा केडिया


काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा सुमित केडिया नियुक्त भएका छन् । कम्पनीको बुधबार राजधानी काठमाडौंमा सम्पन्न भएको ३० औँ वार्षिक साधारणसभाले केडियालाई पब्लिक डिरेक्टरकोरूपमा नियुक्त गरेको हो ।

कम्पनीका अनुसार उनले विगत लामो समयदेखि सिद्धार्थ इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्दै आएका छन् । उनको संलग्नतामा सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया