Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिस्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त

नेरुडे मिर्मिरे लघुवित्तको सेयर रजिस्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त


काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नेपाल एसबीआई मचेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । आइतबार एक कार्यक्रमका बीच नेरुडे मिर्मिरे लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र नेपाल एसबीआई मर्चेन्टका तर्फबाट प्रबन्ध सञ्चालक एवम् प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्झौतापत्रअनुसार सेयर दाखिल खारेज, नामसारी, धितो बन्धक, अभौतिकीकरणलगायत सेयर रजिस्टे«सनसम्बन्धी सम्पूर्ण कार्यहरू गर्नका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, लेखनाथ मार्ग, ठमेल, काठमाडौंमार्फत आइतबारका दिनदेखि नै प्रारम्भ भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिई मिति २०८० फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्तको नामबाट राष्ट्रियस्तरको लघुवित्तको रूपमा एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया