Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकद्वारा पेरोल बचत खाताअन्तर्गत दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा पेरोल बचत खाताअन्तर्गत दुर्घटना बीमा रकम हस्तान्तरण


काठमाडौं  । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला टेकबहादुर मगरको दुर्घटना भई पूर्णरूपमा अशक्त भएकाले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्तरूपमा बीमा रकमको चेक हस्तान्तरण गरेका छन् । दुर्घटनामा परेका टेकबहादुर मगरले सानिमा बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए ।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, तीन लाख रुपैयाँसम्मको १३ घातक रोगहरूको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपीडी भुक्तानी शुल्कसहितको ५० हजारसम्मको औषधी उपचार बीमा, ५० हजारको आवधिक जीवन बीमा र पाँच हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकको देशका सातै प्रदेशमा एक सय ३३ वटा कार्यालय तथा एक सय २४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया